Skip to main content

Posts

Featured Post

छाँया नभएको मान्छे

म अहिले छाँया नभएको मान्छे को कल्पना गर्दै छु ।
भयंकर दु:ख र अफसोचमा छु । अहिले म दु:खी हुनुको रहस्य तिर नछिरौ । यो क्याजुअल दुनियामा म दु:खि हुनुको फ्याक्टर एउटै छ । मेरो अधिल्तिर अहिले नाथे कुमारका केहि थान सर्लियल कथाहरु छन् तर म एलिएटको वेस्ट ल्याण्ड कण्ठ गर्न लागिपरेको छु । कबिताको पर्दा यस्तो बाक्य बाट सुरु हुन्छ ।
...अप्रिल ईज द क्रुलियस्ट मन्थ ।
तर यो अक्टोबरमा म चिन्तित हुंदै छु । रिजन गड नोज ।
अर्को छेउमा बोगि एण्ड ब्याकोल को प्रेम कहानि 'कि लार्गो' सुन्दै छु । म यो गित लाखौ पटक सुन्न सक्छु । वेस्ट ल्याण्ड को म्याडाम सोसिसट्रस ले मेरो लागि कुनै सुनौलो भाग्य हेर्दिए कस्तो होला । म बर्षको कुनै महिनाहरुमा दु:खि हुनुपर्दैन थियो । के उसले मेरो छायाँ चोरेर भागेकि हो ? उसले मेरो स्मरण र आँखाहरुको बारेमा केहि भबिष्यबाणि गर्लि ! माफ गर्नु होला मैले प्रश्न चिन्नको सट्टा अर्थोकै प्रयोग गरे किनकि यसको उत्तर ईश्वर संग पनि नहोला । पप लेजेण्ड माईकल अहिले भन्दै छ ..
There's A Place In
Your Heart
And I Know That It Is Love
And This Place Could
Be Much
Brighter Tha…
Recent posts

ईजम ईज फकिङ सिट ।

अाज अाँखाको कुरालाई केहि अोझेलमा छोडौं, अपितु: सौन्दर्यको कुरा गरु, तर कसको सौन्दर्य ? हुन त म सबैको सौन्दर्यप्रती सदा आकृष्ट र उन्मुख रहन्छु, यसको बाबजुत म मा निकृष्ट सौन्दर्यको अबचेतना नरहेको होईन । म ति आसाधारण रुपले बिकृत रहेका प्राणि र प्राणि चेतनाको पनि गर्वका साथ कुरा गर्छु । एक पटक मैले लेखनाथ पौड्यालको तरुण तपसि पढेको थिए । त्यति खेरै हो म पश्चिमिबादहरुको भयंकर अध्यनमा लागिपरेको हुँ । क्लासिसिज्मको नजिक रहेको पौडेलको त्यस कृतिले मलाई प्रभाब पार्यो । कृतिको रुपले मलाई कुनै तरुणि केटिले झैं झ्वाम्म अंगालो हाल्यो । हो यसैलाई सौन्दर्य भन्छन् होला ! म पनि लेख्न (लेखक बन्न होईन) थालेको थिए । भर्खरै केहि थान निम्फोमेनियाक कथाहरु कोरलेको थिए । धन्यबाद ग्लाभ्सको र ईश्वरको गर्भबाट भन्ने एक पेयर कथानक लेखिभ्याएको थिंए, अनि केहि याम नै मैले ति कथाहरुको सौन्दर्य को गुदि खोतल्ने प्रयासमा बिताए, अरु कथाहरु लेखिन ।
पहिले अरु केहि कुरा गरुं !
साहित्यमा कुनै क्लासको कुरा हुन्छ, कुनै बिषयलाई निगुढ र सबिस्तार बर्णन गरिएको हुन्छ । कसैमा स्वच्छन्तताबाद को झल्को हुन्छ त कसैमा अादर्शबाद या भबिष्यबा…

जितको नजिकबाट के देखिन्छ ?

त्यस्तो बखत मलाई थाहा हुनु पर्ने,
अाकाशको कुन कुना सम्म मेरो पहुँच हुन्छ ।
कहिँ म हराईहाले भने, शाश्वतामा ।
बिकल्पहरु मध्य तिमि उत्तम चाहिं छान्नु
म केहि कुलिन समस्याहरु पस्किन्छु, चिरकालसम्म ।
अझै सम्म उदारचेत भएको कोहि ईन्सान संग, म
यस्तो उटपटयाङ ईच्छाहरुको सारांश राख्न सक्दिन ।
मेरो दिमागभित्र ओस पसेको छ, कसैले चाहे पनि ।
तिमिलाई के लाग्छ ? म जित्न सक्छु ?

मेरो सपनामा देखिएका ति महिलाहरु शुकुन्दा बोकेर
कतै अन्धकारतिर भागिरहेका छन्
उनिहरु उज्यालोको भयंकरता देखि तर्सिएका छन्
उनिहरुले मेरो बिजुलिलाई कैद गरेका छन्
सहानुभुतिको प्रतिमामा मेरो छायाँ टल्किएको कसैले देख्दैन
म त्यस्तो बखत, आकाशको कुनै कुनामा हरेर टोलाईरहेको हुन्छु ।
मैले भेटेको ईन्सानहरुले कोहि अपरिचितको बयान दिएका छन्
र भन्छन्, तिनिहरु संग ढुङ्गाका आँखाहरु थिए 
ति मार्बल झै सेता थिए र  हेर्दागेर्दै चकनाचुर भए ।

देबताहरु, माझिझैं किनारमा अलमलिएका छन् ।
अनि, यहाँ बलिदानदिनेहरु यसै गरि मुख झुकाएर उभिन्छन्
म यहाँको हरेक बाटोमा जोडिएका बाटोहरुलाई चिन्छु ।
तिमि उभिएको भुगोलबाट मेरो कल्पनालाई छुन सक्दैनौ ।
यसैले, अब छाँयालाई …

'झ्याल: र दुबै'

यो संस्मरण हो । कथा पनि । कथाले गौंड गोप्यता भन्छ । गोप्यता तपाईको हुन्छ । गोप्यता मेरो हुन्छ । छिमेकिको गोप्यता कसलाई चाख नलाग्ला । म पनि पल्लो घरको झ्यालमा चाख लिन थालेको छु । गोप्यताको सानिध्यमा छलको डम्फु बजाउन खोज्ने म हुँ । कथा कतै बाट सुरु गर्नै पर्छ । तिम्रो घरबाट । मेरो घर बाट । तिम्रि श्रिमति बाट । यसै पनि उसको ख्याल यतै बडेको छ आजकाल । उसको श्रिमान गोस्वारा मा काम गर्छ । पल्लो घरको झ्याल हिजो, अस्ति, अस्ति देखि खुलै हुन थालेको छ । झ्यालमा भित्रका कुरा छोप्न केहि झुन्ड्याईकको छैन । त्यसैले कयौं पटक झ्यालले आफ्नो गोप्यता मलाई देखाई सकेकि छे । नग्नता सबैलाई मन पर्छ नै । मलाई पल्लो घरको झ्यालको नग्गता प्रति अन्देखा गर्न मन छैन । उ मलाई प्रेम गर्छे । यसैले म जिल्ल पर्छु । उसको प्रेममा बल छ । म उसको झ्यालमा तानिन्छु । कुनै दिन उ मेरो कोठाको ढोकामा उभिन्छे र भन्छे
'तिमि क्रान्तिकारि बन ।'
उ यति भनेरै निस्कन्छे । उसको हिंडाईमा दुब्लो हरिणको चाल छ । उ चाक उचालेर हिड्छे मानौ उसले भर्खरै तरुनि प्रतियोगिता जितेर आएकि होस् वा उसको पाईतालामा जिद्दि खटिरा आएको छ ।
घडिमा समय छ । स…

द विन्डो ।

यो संस्मरण हो । कथा पनि । कथाले गौढ गोप्यता भन्छ । गोप्यता तपाँईको हुन्छ । मेरो हुन्छ । छिमेकिको घरको गोप्यता कसलाई मन नपर्ला । गोप्यताको सानिध्यमा छलको डम्फु बजाउनेहरु पनि हुन्छन् ।
गोप्यता कता बाट सुरु गरुँ । तिम्रो घरबाट । मेरो घर बाट । तिम्रि श्रिमति बाट । पल्लो घरको झ्याल सँधै खुल्ला हुन्छ । त्यो झ्याल भित्रको गोप्यता मेरो होईन । तिम्रि श्रिमति झ्याल छेउ ऊभिएर हाछ्विउँ गर्छे । मलाई त्यो पनि राम्रो लाग्छ । डिलिबर्टलि उ झ्यालको पर्दा अधा उघारो छोड्छे । त्यस्तो बेला म सबथोक बिर्सेर उसलाई हेर्छु । त्यस दिन मैले मेरि एलिजाबेथ फ्रायको सोनेट 'डु नट स्टान्ड अ्याट माई ग्रेभ अ्याण्ड विप' गाएको थिए । उसले जिल्ल परेर मलाई सुनि । उसको पतिको कोल छ छिंडिमा । तेलको बास्ना सँधै मेरो कोठा सम्म आईपुग्छ ।
राति अबेर सम्म उनिहरु कोठामा गुनगुन गर्छन । म भोलि बिहान कति खेर होला र उसको पति कोल खोल्न जाला भनेर कुर्छु । उ झ्याल त्यति खेर मात्र उघार्छे जब उसको पतिले दिनको पहिलो घान मेसिन मा हाल्छ । उ झ्याल घरक्क खोल्छे । उसको बलबान प्रेम मेरो कोठामा पस्छ । खडेरिमा सुकेको जमिनमा सिचाईको मुल छिर…

जगतजंग

मध्यान्नको चर्को घाममा भर्खर छाएको जस्ता पाता टलक्क टल्किएको हुन्छ । उ आफ्नो घरको छत टल्किएको हेर्न भनेरै चन्द्रागिरिको पहाड उक्लिएको हो । हातमा बेतको लौरो छ । लौरोको टुप्पोमा रेडियोलाई बानेको छ । उसले धर्मको कक्षामा सुनेको हुन्छ- अन्तरिक्षबाट लंका जाने बाटो देखिन्छ, समून्द्रमा । उसलाई आफ्नो छत यसरि टल्किएला भन्ने लागेकै थिएन । उसले सुनको लकां पहिलो चोटि देख्यो । पहिला रेडियो स्यार्र... स्यार्र गर्यो र लगत्तै भन्यो "हुलास भए अरु किन खोज्ने ।" यो सुनेर उ उल्का खुसि भयो ।
रेडियोको खोल भित्र जगतजंगको दुरबिन छ । उसलाई बिश्वास छ दुरबिन बाट जति टाढाको पनि देखिन्छ । दुरबिन उ घर तिर सोझ्याउँछ ।
जगतजंग को दुरबिन भित्र एउटा रहस्य यस्तो पनि हुन्छ । कोठा देखिन्छ । कोठामा टेबल छ । टेबल माथि ताछेको स्याउ छ । स्याउ भरिला र राता छन् । ईन्द्रेणि पर्छ । कसैले स्याउ छुन हात लम्काउँदा जगतजगंको दुरबिन चन्द्रागिरको टुप्पो बाट खस्छ। पछि के हुन्छ ईश्वर जानोस् ...